
श्रावण २२,कालिकोट। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कालिकोट जिल्लाकाे सभापतिमा माेतिराज बमको बलियो उम्मेदवारी रहने भएको छ।
लामो समय देखि निस्वाथ रुपमा पार्टीको राजनीतिमा सक्रिय भएका नेता माेतिराज बमले शुक्रबार रेडियो नयाँ कर्णाली संगको बहशमा नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा सभापतिमा बलियो उम्मेदवारी रहने बताउनुभएकाे हाे।
‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आफ्नो जित सुनिश्चित छ। लामो समय देखि पार्टीमा धेरै साथिहरुलाई साथ दिएको हुँ अव साथिहरुले आफुलाई साथदिनु पर्ने छ।’ नेपालि कांग्रेसको १४औँ महाधिवेशनको मिति केन्द्रले नतोक्दा कार्यक्रताहरुलाई अन्यवल भएको छ।



karnalipress
२२ श्रावण २०७८, शुक्रबार १२:०२