वार्षिक परीक्षा सकिदा पनी पुस्तकै पिरलो

चैत्र १७, कालिकोट । कर्णालीका दुर्गम सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा सकिएको छ। उनीहरूको परिक्षा सकिएपनी यो वर्ष विद्यार्थीहरुको हातमा सबै पुस्तक नपुग्दा विद्यार्थीलाई पुस्तकै पिरलो हुने गरेको छ ।
परिक्षा सकियो अझै पाठ्यपुस्तक पाएका छैनन् पाठ्यपुस्तक नपुग्दा यो वर्ष विद्यार्र्थीहरुको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ, तर अहिले एसईईको परिक्षा सुरुहुदैगर्दा पनी यहाँका विद्यार्थीहरु पुस्तक नपढेरै परिक्षा दिन बाध्यछन् । अहिले पनी पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीको गुनासो छ।

कालिकोटका धेरै विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–३ मा रहेको विद्याज्योति माध्यमिक विद्यालय कक्षा ८ को नेपाली र स्वास्थ्य विषयको पुस्तक पुगेको छैन। खाँडाचक्र नगरपालिका– ३ ताडीको जनजीवन माविमा पनि केही पुस्तक पुगेको छैन।,यस्तौ पलाँता गाउँपालिकाका सामुदायीक विद्यालयमा पनी पुस्ताक अभाव छ।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी छात्रा आशा गिरीले पनि पाठ्यपुस्तक विना नै परिक्षा दिनुपर्नेे बाध्यता रहेको बताइन् । माध्यमिक तहमा अध्ययनरत छात्रा आशाले भनिन्, ‘न समयमा हामीले किताब पाउँछौं न त विद्यालयमा सिकाइ गतिविधिका लागि पर्याप्त सामग्री नै छन्’ पाठ्यपुस्तक,भौतिक संरचना र शिक्षक अभावजस्ता कारणले आफूहरूको सिकाइ प्रभावकारी बन्न नसकेको उनले बताइन्। पलाँता गाउँपालिकाका विद्यार्थीहरुको पनी गुनासो उस्तै छ । ‘यो वर्षको वार्षिक परिक्षा पनी किताब नपढेरै सकियो । अव अर्को वर्षकोलागी यस्तौ पिरलो नहोस्। हामिले सबै विषयका पुस्तक समयमै पुगाउन माग गरेका छौं ।’ पलाँता गाउँपालिका एक छात्रले भने ।

खाँडाचक्र– ३ स्थित जनज्योति माध्यमिक विद्यालयमा पनि पाठ्यपुस्तक अझै नपाएको विद्यार्थीको गुनोशो छ। यस्तै शुभकालिका गाउँपालिका र महावै गाउँपालिकाका पनी केही विद्यालयमा पुस्तक अभाव छन्। जिल्लाका सामुदायिक विद्यालयमा समयमै सबै विषयका पाठ्यपुस्तक नपुग्दा सिकाइ गतिविधि नै प्रभावित भएको नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले बताए । उनले भने विद्यार्थीको पठनपाठन सहज पार्न जिल्लामा पुस्तक पुगाउने जिम्मा लगेका निकायको लाप्रपाहीले समयमै पुस्ताक नपुगेकाले आउने आर्थिक वर्षको लागि समयमै पुस्तक पुगाउ सबै जिम्मेवार हुनुपर्ने बताए ।

शिक्षाका संरचनादेखि हरेक क्षेत्रमा प्रदेश सरकारले लगानी गरिरहेको अवस्थामा स्थानीय सरकार गैरजिम्मेवार बनेका कारण विद्यालयमा राजनीतिक हस्तक्षेप र प्रभाव बढ्काले विद्यार्थीले समयमै पुस्तक नपाउने गरेको स्थानीयको गुनासो छ।

कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसका लागि प्रदेश सरकारबाट रकम निकासा भइसकेको जनाएको छ, तर कालिकोटका धेरै विद्यालयमा पाठ्यपुस्तक अभाव छ। पालिकाहरूले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउँदै आएका छन् पुस्तकका लागि विद्यालयको खातामा रकम पठाइसकिएको तर पुस्तक अभावका कारण विद्यार्थीका हातमा पुस्तक उपलब्ध नभएको विद्याज्योति माविका प्रधानाध्यापक मानप्रसाद देवकोटाले बताए। उनले भने, ‘हामीले विद्यार्थीलाई पढाइमा निरन्तरता दिएकै छौं। समयमै किताब ल्याउन गएको पाएनौं। अहिले केही पुस्तक मात्र अभाव छन् विद्यार्थीलाई समस्या त जहिल्यै हुन्छ।’

कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीले पुस्तक नपाउने समस्या बर्सेनि खेप्दै आएको कारण देखाउदै जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ कालिकाटका प्रमुख प्रकासचन्द धिताले अघिलो आर्थिक वर्षमा केही ऐछिक विषयहरु परिमार्जन भएकाले केही पुस्तक अपुग भएको बताए । कर्णालीको कालिकोट,जुम्ला,दैलेख,सुर्खेत र जाजरकोटमा कक्षा ६ का विज्ञान,गणित र अंग्रेजी विषयका ६ हजार पुस्तक र कक्षा ८ का विभिन्न विषयका तीन हजार किताब पुग्न सकेको छैन। पुस्तक अपु कायमै हुदा वार्षिक परिक्षा सकिएको छ ।