नेकपा एमाले झन वलियो भएको छः नेता धिताल

असोज २७ ,कालिकोट। नेकपा एमाले पुरानै गति भन्दा झन शक्ति शाली र ठुलो पाटी भएको बताउनु भएको छ। नेकपा एमालेका प्रदेश कमिटि सदस्य भरतराज धितालले शुभकालिका गाँउपालीका बासिलाई शुभकामना दिदै नेकपा एमाले पुरानै गति भन्दा झन शक्ति शाली र ठुलो पाटी हुने बताउनुभयो।नेकपा एकिकृत समाजबादी पार्टी भ्रष्टचारि ,कमिसनवाला , अपराधिहरुको संगठन भएकाले समाजबादी पार्टीमा कसैले भुलेर लाग्न नहुने बताउनुभयो ।

समाजबादी पार्टी खहरेखोला जस्तै भएकाले खडेरिपरेमा सुक्ने बताउनुभयो ।अब केहि दिनमा सामाजबादीमा खडेरी पर्ने बताउनुभयो ।नेकपा एमाले शुभकालिका गाँउ कमिटिले बिजया दशै तथा शुभ दिपावली २०७८ सालको अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा नेता धितालले सो कुरा बताउनु भएको हो ।

नेकपा एमाले शुभकालिका गाँउकमिटिका अध्यक्ष प्रदिप प्रसाद चौलागाईको अध्यक्षतामा आयोजित कार्यक्रमको धिताल प्रमुख अतिथि समेत रहनु भएको थियो । कार्यक्रममा खाँडाचक्र नगरपालीकाका प्रमुख एबम प्रदेश कमिटि सदस्य जशि प्रसाद पाण्डे र प्रदेश कमिटि सदस्य हिरे सुनार बिषेश अतिथिका रुपमा कार्यक्रममा सहभागी हुनु भएको गाँउकमिटि सचिब कर्णजित बिश्वकर्माले बताउनुभयो ।

कार्यक्रममा बाल्दै खाँडाचक्र नगरपालीकाका प्रमुख तथा एमाले प्रदेश कमिटि सदस्य जशि प्रसाद पाण्डेले अबको जिल्ला एमालेको जिल्ला , अबको गाँउ एमालेको गाउँ भएकाले एमाले निकट नेता तथा कार्यकताहरुलाई जनताको सेवामा लाग्न आग्रह गर्नुभयो ।

स्थानिय निर्बाचन नजिक आउन लागेकाले सबै नेता तथा कार्यकर्ताहरुले पार्टीलाई सबै तहमा जिताउन लाग्नु पर्ने बताउनुभयो । केहि घर भडुवाहरु घर छोडेर जानेहरुले घर भत्काउन खोजेपनि एमालेको घर झन बलियो भएको प्रमुख पाण्डेको भनाई थियो । कार्यक्रममा कर्मचारि संगठनका केन्द्रिय सदस्य पदम बहादुर शाही , पत्रकार रमेश सोनि लगायतका नेता तथा कार्यकर्ताहरुले शुभकामना ब्यक्त गर्नु भएको छ ।