कर्णाली करिडोरको यात्रा, सडकको ग्रेड नमिल्दा चालकलाई सास्ती

कालीकोट मंसिर,१३।  कर्णाली करिडोरमा यातायातका साधन चल्न थालेको पाँच वर्ष भयो । नेपाली सेनाले निमार्णको जिम्मा लिएको सडक जति किलोमिटर बन्यो त्यसैमा यातायातका साधन चलाउन सुरु गरेको थियो । अहिले सडक नेपाली सेनाले सडक बिभागलाई हस्तान्त्रण गरिसकेको छ । तर सडकका केही ठाउँमा ग्रेट नमिलेका कारणले वालवहाक तथा यातायातका साधनले दुख पाईरहेका छन ।

चट्टानी भाग धेरै भएकाले निश्चित वाटो मात्र निकालेर सडक तयार पारिएको छ । सो सडकको ग्रेड मिलाउदा धेरै कटान गर्नु पर्ने हुदाहुदैपनि नेपाली सेनाको निमार्ण कार्यदलले ट्र्याक खोल्ने मात्र काम गरेकाले करिडोरमा ठुला वालवहाक गाडी र टुविल गाडीलाई आउजाउ गर्न मुस्कील छ । करिडोरको खुलालु खण्ड सबै भन्दा कस्टकर छ ।

दुई किलोमिटर खण्डमा तीन ठाउँमा गाडी चढ्न सक्दैनन । उकालो त्यसैमा ग्रेड मिलेका कारणले लोड गाडीलाई चढाउन निकै समस्या हुने गरेको चालकहरुले वताउने गरेका छन । १३ टन समान ल्याएर आएका गाडी त्यसमा चढ्न नसकेर दिनभरी नै लगाउने गरेका छन । चालक मिनराज अधिकारीले आफु दुई पटक यो सडकमा आउदा चार दिन खुलालुमै वस्नु परेको वताउनुभयो ।

दुई दिन लगाएर ढुङ्गगाको पर्खाल लगाउने त्यसैमा गाडीको चक्का राख्दै उकालो वाटो पार गर्ने गरेको चालक अधिकारीको भनाई छ । दुई इन्च गाडी अगाडी वढाउने, चक्कामा ठुला ढुङगा राखेर गाडी अढाउने र फेरी अगाडी गाडी हुत्ताउने अझ ढुङगा राखेर त्यसै गरी दिन भरी दुई देखि तीन वडा गाडी पार गराउने गरेका छन ।

करिडोरका धेरै ठाउँमा यस्तै चढाई वढि भएको ठाउँ रहेकाले यातायातलाई सास्ती हुने गरेको प्राबिधिहरुको पनि भनाई छ । कालीकोटका सव इन्जिनियर कम्मरवहादुर बमले ८० डिग्री सम्मको उकालो सडकमा समान वोकेका गाडी चलाउनु चालकको वहादुरिता मानेको वताउनुभयो । उहाँले सडकका धेरै ठाउँ त्यस्ता छन, जहाँ हेर्दा पनि ठाडै उकालो सडक छ ।

नेपाली सेनाले आफ्ना यातायातका साधनलाई मात्र मध्यनजर गरेर सडक वनाएको इन्जिनियर बमको भनाई छ । सेनालाई पनि समस्या होला । भुगोल पनि अति चट्टानी भाग भएकाले पनि नसकेको हो की, केही ठाउँमा धेरै उकालो सडक भएकै कारणले दैनिक यातायातका साधन अवरोध हुने गरेका छन । उकालो परेको सडकको ग्रेड भने मिलाउन सकिने प्राबिधिकहरुको भनाई छ ।

खाँडाचक्र नगरपालिकाका इन्जीनियर रत्नवहादुर भण्डारीले दुःख के गर्नु भनेर सेनाले उस्तै छोडेको वताउनुभयो । उहाँले सडकले आफुले सेनावाट सडक वुज्दा यस्ता कुरा ध्यान दिनु पर्ने हो, दिएन । अव सडकले मर्मतका लागि योजना वनाएर केही वजेटको ब्यवस्थापन गरेर त्यस्ता उकालो परेका सडकको लेवल मिलाउनु पर्ने वताउनुभयो ।