
२७ माघ,कालीकोट। मध्यपश्चिम बिश्वबिद्यालयले अभ्रद ब्यवहार गर्ने तिलाकर्णाली वहुमुखि क्याम्पस कालीकोटका क्याम्पस प्रमुख लक्ष्मण सिहंलाई निलम्वन गरेको छ । मदिरा सेवन गरी लेखापाल प्राध्यापक र आफ्नै श्रीमतीलाई समेत कुटपिट गर्ने तिलाकर्णाली वहुमुखि क्याम्पसका प्रमुख सिहंलाई निलम्वन गरिएको बिश्वबिद्यालयले जनाएको छ ।
मध्यपश्चिम बिश्वबिद्यालयका भिसि डाक्टर नन्दवहादुर सिहंले आफ्नो मर्यादामा नवस्ने श्रीमती समेतलाई सुरक्षित राख्न नसक्ने आफै हिन्सा गर्ने अपराधिलाई एक मिनेट पनि पबित्र पेसामा राख्ने आफ्नो काम नभएको भन्दै निलम्वन गरि छानविन अगाडी वढाएको बताए । उनले सिहंलाई निलम्बन गरेर सहयाक क्याम्पस प्रमुख प्रध्यापक रुद्र साप्कोटालाई प्रमुख वनाईएको बताए।
भिसी सिहंले घटनाको छानविनका लागि तीन सदस्य समिति वनाएर घटनास्थल कालीकोटमा पठाईसकेको बताए। भिसि सिहंले तीन सदस्यीय छानविन समितिको नेतृत्व ब्यवस्थापक संकायका डिन प्रोफेसर डाक्टर जितवहादुर रावतले गरेका थिए । उनि नेतृत्वको टोलीमा कानुन संकायका प्रमुख र एक शिक्षा संकायका सदस्य रहेका छन ।
कालीकोट पुगेर सुरक्षा निकाय, पत्रकार, प्रध्यापक र अन्य सरोकारवालासंग भेटेर प्रतिवेदन वुझाउने छ । समितिको प्रतिवेदन आएपछि अति गर्नेलाई के हुन्छ भन्ने कुरा पछि थाह हुने उनले बताए। क्याम्पस प्रमुख लक्ष्मण सिहंले गएको शनिवार आफ्नै श्रीमतीलाई कुटपिट गरेपछि प्रहरीले उद्धार गरी आफन्तकोमा पठाएको थियो ।
आईतवार श्रीमतीले प्रहरी समक्ष निवेदन दिएकीथिन,भने सोमवार क्याम्पसका लेखापाल पदमवहादुर बिष्ट, प्राध्यापक, वडा नं ३ का वडा अध्यक्ष र अन्य स्थानीय अबिभावकलाई समेत हातपात गदै गालीवेइजेती गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएका थिए ।



karnalipress
२७ माघ २०७८, बिहीबार २१:४०