
बैशाख ९,कालिकोट । नेकपा एमालेबाट रास्कोट नगरपालिकाका उम्मेदवार दयाराम सिम्खाडाले रास्काेटमा ५ दल हैन छ दल मिलेर आएपनी एमालेले चुनाव जित्ने दावि गरेका छन् ।
आफ्नो चुनावी घोषणा पत्र तथा प्रतिवद्धता पत्र सार्वजनिक गर्दे शुक्रवार सदरमुकाम मान्ममा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । नगरपालिकालाई विकास र सम्वृद्ध गर्न आफ्नो चुनावी घोषणा पत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गदै घोषणापत्रमा सडक कालोपत्रे देखी रोजगारी शृर्जना सम्मका प्रतिवद्धता गरेका छन् ।



karnalipress
९ बैशाख २०७९, शुक्रबार २०:४७