
फागुन २०,कालिकोट । नेमहिला हिंसा तथा बालबालिकाको रिपोर्टिङका लागि बृहत् अन्तरक्रिया कार्यक्रम मान्ममा सम्पन्न भएको छ । महिला हिंसा तथा बालबालिकासम्बन्धी पत्रकारहरूकाबीच एकदिने अन्तरक्रिया कार्यक्रम प्लान ईन्टनेशनल नेपालको सहयोग तथा सादा नेपालको सहजिकरणमा भएको थियो ।
सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) कालिकोटका कार्यकारी निर्देशक अशोकनाथ योगीको अध्यक्षता र सादा नेपाल कालिकोटका अनुगमन तथा मुल्यांकन अधिकृत नमराज योगीको सञ्चालकत्व र सादा नेपाल कालिकोटका संयोजक दलसिंह कुमालको आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक योगीले महिला हिंसा बालविवाह, समाजमा हुने कुरितीका विरूद्वमा कालिकोटका तीन स्थानीय तह रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा सादा नेपाल कालिकोटले विगतदेखि हालसम्म विभिन्न क्रियाकलाप गर्दै आएको छ ।
महिला हिंसा, बालविवाह, विद्यालय जानवाट बन्चितलाई विद्यालयमा जान प्रेरित गर्ने र कार्यक्रम लागू हुनु पहिलाभन्दा हालको परिस्थितिमा महिला हिंसा र वालविवाहका घटनाहरूमा केही मात्रामा न्यूनिकरण भएको छ ।
अन्तरक्रिया कार्यक्रममा कालिकोटमा सञ्चालित रेडियो तथा अनलाईन मिडियाका पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रम प्लान ईन्टरनेशनल नेपालको अर्थिक सहयोग, सामाजिक जागरण तथा विकास प्रतिष्ठान केन्द्र कालिकोटको आयोजनामा भएको हो ।
कार्यक्रममा उपस्थित पत्रकार तथा सञ्चारकर्मीले विभिन्न हिंसामा पहिलेभन्दा अहिले केही मात्रामा कमि भए पनि अन्त्य चाहिँ नभएको बताए । समाजमा हुने महिला हिंसा, बाल हिंसा, जातिय छुवाछुत, लैंगिक हिंसामा अन्त्य गर्न सम्भव रहे पनि बालविवाह कहिलै अन्त्य नहुने धारणा राखेका छन् ।
तर, गैरसरकारी संस्थाहरुले बिलविवाह न्यूनिकरणमा सहयोग पुर्याएका छन् । समाजको परम्परागत मान्यता अनुसार अहिले पनि बालविवाह भइरहेको पाइएको छ ।



karnalipress
२० फाल्गुन २०७८, शुक्रबार १९:४८