
ललित बिष्ट भाद्र ३१,कालिकोट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाका वाढी पिडित परिवारलाई नयाँ वस्ती हस्तान्त्रण गर्नु भएको छ । गत वर्षको् वाढी तथा पहिरोमा परेर आफ्ना घरसंगै परिवारका सदस्य समेत गुमाएका परिवारका लागि स्थानीय र प्रदेश सरकारको सयुक्त लगानीमा निमार्ण गरिएको वस्ती हस्तान्त्रण गरिएको हो।
नरहरीनाथ गाउँपालिका वडा नं ४ को सुगरखालको डाँडामा नयाँ वस्ती तयार भएपछि मुख्यमन्त्री महेन्द्रवहादुर शाही हेलिकोप्टर ल्याएर वुधवार वस्ती हस्तान्त्रणमा पुग्नु भएको थियो । नरहरीनाथ गाउँपालिका वडा नं ७ वाँगाका पदमवहादुर वुढाको घर पहिरोले वगाउदा उहाँका सात जना परिवारका सदस्यको ज्यान गएको थियो ।
पदम वहादुर वुढाका परिवार सहित नरहरीनाथ गाउँपालिका भित्रका २३ जनाले पहिरो तथा वाढीमा परी ज्यान गुमाएका थिए । उच्च जोखिममा रहेका ५० परिवारका लागि नयाँ वस्ती निमार्ण भएको छ । सबै ५० परिवारलाइ नयाँ वस्तीमा सारिएको छ । सुगरखालको नाम पनि फेरिएको छ ।
अहिले वस्ती निमार्ण गरेसंगै सुगरखालको नाम सुन्दर वस्ती राखिएको छ । घना जंगलको विचमा एकैनासाका घरहरु सुन्दर देखिन थालेपछि सुन्दरवस्ती नामकरण गरिएको गाउँपालिकाले जनाएका छ । नरहरीनाथ गाउँपालिका अध्यक्ष धिरवहादुर बिष्टले कर्णाली प्रदेश सरकारको एक करोड ७० लाख वजेटमा ५० वटा घर निमार्ण गरिएको वताउनुभयो । प्रति घर निमार्णका लागि प्रदेश सरकारवाट तीन लाख ३५ हजार अनुदान आएको र वाँकी परिवारका सदस्यले आफै श्रमदान गरेर वस्ती निमार्ण गरिएको हो । रकम परिवारका सदस्यलाई सिधै हातमा पारिएको थियो ।
५० घर लाइनमै वने, ठाउँ राम्रो भएकाले वस्तीको नामनै सुन्दर वस्ती राखिएको अध्यक्ष बिष्टको भनाई छ । बुधवार वस्ती हस्तान्त्रण गर्न सुन्दरवस्ती पुग्नु भएका मुख्यमन्त्री शाहीले जोखिम परिवारका लागि प्रदेश सरकारले थप सहयोग गर्ने आसपासन दिनुभयो । उहाँले वाँकी रहेको काम पुरा गर्नका लागि चाहिने आवस्यक वजेटको जिम्मा प्रदेश सरकारले लिने वताउनुभयो ।
वस्तीमा खानेपानी, बिद्यालय समेत निमार्ण भएको छ । पहिरोले भत्काएको दिपेन्द्र आधारभुत बिद्यालय पनि वस्ती संगै त्यही डाँडामा निमार्ण भएको छ । खानेपानी, बिद्यालय निमार्ण लगाएतको जिम्मा गाउँपालिकाले लिएको अध्यक्ष बिष्टको भनाई छ । स्तर उन्नती गरेर माध्यमिब बिद्यालय वनाईएको सो बिद्यालयमा तीन सय ६ जना बिद्याथी भर्ना भएका छन । त्यसका लागी ११ जना शिक्षक राखिएको छ ।
बिद्यालयको पक्की भवनका लागि तयारी भईरहेको छ । माल्कोट, रुप्सा लगाएतका वाढी पिडितका लागि वनाईएको नयाँ वस्तीमा सडक पहुँच भने पुगेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गला न्यौपानेले सडकका पुगाउनका लागि वजेटको खोजि भईरहेको वताउनुभयो ।
सडक नभएमा दैनिक उपभोग्य वस्तु पुगाउन कठिन हुने छ । कालीकोटमा गत वर्षको वाढीले १५ करोडको क्षती गरेको थियो । जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जिल्लाका नौ वटै स्थानीय तहमा १५ करोडको. क्षदी भएको वताउनु भयो ।वर्षातका कारणले सबै स्थानीय तहमा तीन सय ५८ घर पुरै भत्कीएका थिए ।
वाढी पहिरोले जिल्लाका पाँच सय ९५ परिवारका दुई हजार ५७८ जना आफ्न्तको घर, बिद्यालय र सार्वजनिक ठाउँमा त्रिर्पाल टाँगेर वसिरहेका छन । स्थानीय तहले वास्तविक बिवरण छिटो नपठाएका कारणले सबै पिडितका घर वन्न सकेका छैनन । वाढीले गत वर्ष सबै भन्दा वढि क्षती नरहरीनाग गाउँपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिकामा मानविय संगै भौतिक क्षदी गरेको थियो । यस्तै तिलागुफा नगरपालिका र महाँवै गाउँपालिकामा पनि क्षदी पुगाएको थियो । गत वर्ष जिल्ला भरी ५३ जनाको वाढी र पहिरोमा परि ज्यान गएको थियो ।




karnalipress
३१ भाद्र २०७८, बिहीबार १९:०८