कांग्रेस निष्कर्ष– एमाले र जसपाका बहुमत सांसदले विश्वासको पक्षमा मतदान गर्नेछन्

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमाले र जनता समाजवादी पार्टीका बहुमत सांसदले विश्वासको मतको पक्षमा मतदान गर्ने निष्कर्ष निकालेको छ ।

संसदीय दलको आज बसेको बैठकमा प्रमुख सचेतकसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरुलाई ह्विप जारी गर्दै प्रस्तावको पक्षमा जसपा, एमाले, राजमोलगायतका दलका सांसदले मतदान गर्ने बताए ।