
जेष्ठ २२,कालिकोट। कालिकोट जिल्ला तिलागुफा नगरपालिकाका उप-मेयर महेन्द्र बहादुर शाहीलाई पितृ शोक परेको छ। शाहीका ६४ वर्षीय बुबा नर बहादुर शाहीको आइतबार विहान उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।
एवं नेकपा (एमाले)का कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका शाहीका पिता लामो समयदेखि दिर्घ रोगि थिए।नर बहादुर शाहीको उपचारको क्रममा काठमाडौको टिचिङ्ग अस्पतालमा निधन भएको हो ।शाही तिलागुफा नगरपालिकाको स्थानीय तहको निर्वाचनमा विजयी भए पछि बुवा संग थप आशिर्वाद लिन काठमाडौं अस्पतालमै पुगेका थिए।
उप-मेयर शाहीले सामाजिक सञ्जाल फेसबुकमा बुबाको फोटोसहित पोष्ट गर्दै आफुलाई शोक परेको बताएका छन् । शाहीको पार्थिक शरिर अन्तिम दाहसंस्कार आज पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ।



karnalipress
२२ जेष्ठ २०७९, आईतवार १८:०२