विप्लव नेतृत्वको नेकपा कालिकोटको पार्टी कार्यालय उद्वघाटन,

 श्रावण १५, कालिकोट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले सदरमुकाम मान्मको नावगैरामा पार्टी कार्यालय स्थापना गरेको छ ।शुक्रबार एक कार्यक्रमको आयोजना गरि लामो समयपछि सदरमुकाम मान्ममा नेकपाले पार्टी कार्यालयको स्थापना गरेको हो ।

पार्टी जिल्ला सेक्रेटरी मनिलाल ऐडि (रणदिप)को अध्यक्षता भएको कार्यक्रमममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारी (विराट)ले कार्यालयको औपचारिक उद्घाटन गर्नु भयो । नेकपाले सरकारले प्रतिवन्ध लगाएपछि कार्यालय सदरमुकाममा भने स्थापना गर्न सकेको थिएन ।

नेकपाले सरकारमुकाममा कार्यालय स्थापना गर्न नसकेपनि जनताको घरघरमा पुगेर कार्यालयवाट हुने जनसेवाका कामहरु गर्दै आएको दावी गरेको छ ।केपी ओली नेतृत्वको सरकार संग तीनवुदे सहमति संगै प्रतिवन्ध फिर्ता लिएपछि नेकपाले आफ्नो पार्टी कार्यालय मुकाममा स्थापना गरेको हो ।
कार्यालयको उद्घाटनका अवसरमा जिल्ला इन्चार्ज विराटले सरकारले तीन वुदे सहमति कार्यान्व नगरेको,नेता कार्यकर्ता गिरफ्तार जारी राखेको भन्दै आपत्ती जनाउनु भयो ।

उहाँले सिंहदरवार गाउँ गाउँमा होइन लुटतन्त्र,भ्रष्टाचार, हत्या हिंसा,वलात्कार लगायतका विसंगतिहरु गाउँ गाउँमा पुगेको दावी गर्नु भयो ।
नेता विटारले संसदीय व्यवस्था नै कुहीएको फर्सि भएकाले अव नेता छान्ने चुनाव नभएर व्यवस्था छान्ने चुनाव अहिलेको उचित निकास भएको ठोकुवा गर्नु भयो ।

उहाँले भन्नु भयो “त्यसका लागि अब संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनतामा जनमतसंग्रहमा जानु पर्छ , अब जनमत संग्रहबाटै व्यवस्था परिवर्तन गर्न सकिन्छ ।”

यस्तै जिल्ला सेक्रेटरी रणदिपले पार्टीको विचार नीति र राजनीतिक विकल्प जनताको विचमा ल्याउन पार्टी वार्तामा आएको र वार्ता प्रचण्डहरुले गरेजस्तो नभएको स्पष्ट पार्नु भयो ।

कार्र्यक्रममा नेपाल पत्रकार महासंघकाका प्रतिनिधि,विभिन्न संचारमाध्यममा कामगर्ने पत्रकारहरु,पार्टी कार्यकर्ता जिल्लामा आमन्त्रण गरिएका व्यक्तिहरु लगायतको सहभागीता रहेको थियो ।कार्यक्रमको सहजिकरण पार्टी जिल्ला सदस्य तथा तिलागुफा नगरपालिका ईन्चार्ज रमेश चदाराले गर्नु भएको थियो ।