कृषि बिकास बैंकमा एटीएम सेवा सुरू

भाद्र १८,कालिकोट। कृषि बिकास बैंक शाखा कालिकोटले एटिएम सेवा सुरू गरेकाे छ ।ग्राहकलाई थप सेवा तथा सुविधा दिने उदेश्यले बिहिवार डजिटल बैंकिङ सेवा एटिएम  सुचारू गरिएको हाे ।

तपाई हाम्रो घर आगनको बैंक कृषि बिकास बैंक लिमिटेड भन्ने मुख्य नाराका साथ अगाडि बढिरहेको बैंकले सदरमुकाम मान्ममा एटिएम सेवा सुचारु गरे पछि अव सेवा ग्राहिले सहज र सुर्लभ सेवा पाउने शाखा कार्यालयका प्रबन्ध उषा चन्दले जानकारी दिनुभयाे।

प्रबन्धक चन्दका अनुसार कालिकोटका ९ स्थानीय तहहरु मध्ये तिन वटा स्थानीय तहहरुमा कृषी बिकास बैंकका शाखाहरु स्थापना गरिएको छ ।बिगत लामो समय देखि कृषि बिकास बैंक लिमिटेड शाखा कालिकोट मान्ममा एउटा अभिवावकको भुमिकामा छ ।यसरि हेर्ने हो भने झन्डै कालिकोटमा बैंकबाट सेवा उपभोग गर्ने जनसंख्या अरु बैंकको तुलनामा कृषि बिकास बैंकका ग्राहक थुप्रै रहेको बताउनुभयो ।