यी महिला, जसले आफुले विष खाइन् र छोरीलाई पनि खुवाइन्

६ फाल्गुन,दैलेख  दैलेखमा एक महिलाले आफूसँगै छोरीलाई बिष खुवाएकी छन् । दाङको घोराही उपमहानगरपालिका–१२ रतनपुर टोल घर भई हाल दैलेखको गुराँस गाउँपालिका–१ स्थित माईतीघरमा बस्दै आएकी २१ बर्षीया हरिकला रावल (सार्की) ले आफु सहित छोरीलाई पनि विष खुवाएकी हुन् ।

हरिकलाले गत माघ २७ गते विहान १० बजे घरको ढोका बन्द गरी तरकारीमा प्रयोग गर्ने विषादी आफुले सेवन गरी छोरीलाई समेत जर्बजस्ती खुवाएको प्रहरीले जनाएको छ । विष सेवनबाट छोरीको मृत्यु भईसकेको छ । विष सेवनपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा ३ बर्षीया छोरी मुना रावलको फागुन ४ गते विहान निधन भएको थियो ।

विष सेवन गर्ने ती महिलाको अवस्था भने उपचारपछि सामान्य छ । आफुले विष सेवन गर्ने र छोरीलाई पनि विष सेवन गराएको कारण मृत्यु भएको भन्दै उनि विरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखमा कतब्र्य ज्यान मुद्धामा जाहेरी परेको छ ।

जाहेरीका आधारमा ती महिलालाई पक्राउ गरिएको डीएसपी भुवनेश्वर प्रसाद साहले बताए । उनका अनुसार पक्राउ परेकी हरिकला माथी दैलेख जिल्ला अदालतबाट सात दिनको म्याद अनुमती लिई अनुसन्धान थालेको डीएसपी साहले बताए ।