मुम्बईमा जमिन भासिँदा २० को मृत्यु

भारतको मुम्बईमा जमिन भासिँदा २० जनाको मृत्यु भएको छ। मुम्बईको चम्बुरमा भएको भीषण वर्षाका कारण जमीन भासिँएको हो। भासिँएको जमिनमा पुरिएर उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जाएको छ।

ज्यान गुमाएकाहरूमध्ये १७ जनाको घर भत्किँदा ज्यान गएको हो भने चार जनाको जमीन भासिँदा पुरिएर मृत्यु भएको हो।

घटनामा मृत्यु भएका र पुरिएकाहरूको यकिन तथ्यांक नहुँदा मृतक र बेपत्ता भएकाहरूकको संख्या बढ्न सक्ने अुमान गरिएको छ।

महाराष्ट्र सरकारले उद्दार र राहातका लागि सेना परिचालन गरेको छ। सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ। मुम्बईमा ६ घण्टाको अवधिमा १५६.९४ मिलिलिटर पानी परेको छ। एजेन्सी`