कालीकोटमा सरुवा रोग अस्पताल उद्घाटन

कालीकोट । कालीकोट जिल्लामा सरुवा रोग अस्पतालको उद्घाटन गरिएको छ । एकिकृत भवनमा रहेको पुरानो कोभिड अस्पताललाई आज एक समारोहका बिच सरुवारोग अस्पतालमा रुपान्त्रण गरिएको छ ।कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरुवारोग अस्पतालको उद्घाटन गदै रोग भोग र अशिक्षाको उपादी पाएको कर्णालीमा अन्य सेवा संगै छुट्टै सरुवा रोग अस्पताल वनाउन आफुले निकै प्रयास गरेको र त्यो सफल भएको वताउनुभयो । उहाँले अव छिट्टै दरवन्दी कायम हुने समेत वताउनुभयो ।

कार्यक्रममा सहभागी राष्ट्यि सभा सदस्य माननिय जिवनवहाुदर वुढाले वास्तविक संघियताको सन्देश यसको मर्म कालीकोट जस्ता बिकट ठाउँले वुझेको र त्यसको परिणामले नै कालीकोट, जुम्ला हुम्लामा बिभिन्न रोगलाई केन्द्रीत गरी अस्पताल लगाएतका संरचना वन्न सुरु गरेको वताउनुभयो । सभामा वोल्दै बिषेश अतिथि समेत रहनु भएका माओवादी नेता वुढाले अस्पताललाई कसरी सञ्चालन गर्ने र सेवा प्रवाहमा दक्षता कायम गर्ने जिम्मा यहाँ कार्यरत चिकित्सव, कर्मचारी, प्रशासन, जनताको सक्रियतामा भर पर्ने भएकाले सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

अस्पताल उद्घाटन समारोहमा खाँडाचक्र नगरपालिका उपप्रमुख विजया बिष्ट, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, पत्रकार महाँसंघ कालीकोटका अध्यक्ष भरतराज बिष्ट लगाएतले नामले मात्र नपुग्ने र यसमा दरवन्दी देखि सेवा बिस्तारका लागि पनि बिभिन्न तहका सरकारले ध्यान दिनु पर्ने धाराणा राखेका थिए ।

उद्घाटन मात्र गरेर अस्पताल हुदैन् यहाँ सेवा पनि बिस्तार गर्न र स्वास्थय सेवा कार्यालयले मागेको दरवन्दी कायम गरी कर्मचारी ब्ययवस्थापन गर्न समेत कालीकोटका नागरिकले माग गरेका छन । कार्यक्रमका अध्यक्ष तथा स्वास्थय सेवा कार्यालय कालीकोटका ब्यवस्थापक डाक्टर रत्नविर सुनारले यो वेला कालीकोट लगाएतका दुर्गमका नागरिकले सेवा नपाए अन्य समयमा सम्भव नहुने हुदा मन्त्री, नेता तथा साविकको कर्णालीका नेताहरुले बिचार पुगाउनु पर्ने वताउदै अव छिट्टै सरुवा रोग अस्पतालमा सेवा सञ्चालनका लागि वातावरण तयार गरिदिन प्रदेश सरकारलाई पुर्व मुख्यमन्त्री मार्फत आग्रह गर्नुभयो ।