झोला नहुँदा कट्टाको बोरामा किताब

असार ५,कालिकोट । शान्नित्रिवेणी गाउँपालिका– ६ को मेहेलमुडीबाट डाँडाखेततर्फ आइरहेका बालबालिकाले बोराको कट्टाको झोला भित्र किताब राखेका छन्। अभिभावकले चामलको बोरालाई मिलाएर डोरी लगाई झोला तयार गरिदिएका हुन्।

दर्जी समुदायका बालबालिकाले विद्यालय जाँदा झोलासम्म नपाउने अवस्था छ । कालिकोटका विभिन्न स्थानीयतहमा शिक्षालागि भन्दै गैरसरकारी संस्थाले काम गरे पनि गरिब बालबालिका सम्म सहयोग पुग्न नसकेको स्थानीय देवानन्द जैसी बताए ।

दर्जी समुदायका बालबालिकाले चामलको बोराको झोला बनाएर प्रयोग गरेको देख्दा आफू निकै भावुक भएको र पालिका सरकारलाई जानकारी गराएको उनले बताए ।
यी बाल बालिका गाउँपालिकाको वडानम्वर ५ का रहेका छन्। गाउँपालिकाले उनीहरुका लागि केही सहयोग गर्ने जनाएको छ।