आठबिस ३ मा युवा नेता कार्की वडा अध्यक्षमा भिड्दै

बैशाख ६,कालिकोट। दैलेख जिल्लाको आठबिस नगरपालिका वडानं-३ मा नेकपा एमालेवाट युवा नेता सुरेन्द्र कार्की वडा अध्यक्षका लागि सिफारिस भएका छन । बाल्यकाल अर्थात १४ बर्षको उमेरवाट एमाले पार्टीका बिभिन्न संगठनमा रहेर राजनीति सुरु गरेका दैलेखका सुरेन्द्र कार्की यसपालि वडा अध्यक्षमा लड्ने भएका छन ।

नेकपा एमालेवाट केही ब्यक्ति वाहिर निष्केका र सत्ताधारी दलले देशै भरी चुनावी एकता गरिरहेका वेला वडानं-३ एमालेकै पोल्टामा पार्नकालागि पनि युवा नेता कार्कीलाई चुनाव लढाउन तयार भएको पाईएको छ । युवा बिद्यार्थी बाट राजनीतिमा सक्रिय भैइ विभिन्न जिम्मेवार युवा संघको नगर अध्यक्ष,साबिकको सिगौडी गाउँ कमिटीको २१ बर्षमा नेकपा एमाले सचिब हुँदै संघीयता आए पछी ३ नम्बर पाटी सयोजकको मह्त्वपुर्ण भुमिकामा रहेर काम गरेको अनुभव नेता कार्की संग छ ।

सगठन निर्माण योगदान अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य नेकपा जिल्ला कमिटी सदस्य । कार्यकर्तामा लोकप्रिय युवा नेता कार्की जनतामा स्थापित छन । गाउँमा बिकास गर्दै जादा जनतामा लोकप्रिय भएका हुन । अहिले आठबिस नगरपालिका वडान-३ उनको बिकल्प अरु हुन सक्दैन भन्दै एमाले वडा कमिटिले अघि सारेको छ ।

आफू निजि स्वार्थलाई त्यागेर जनताको सेवामा लाग्ने र समग्र ३ वडाको बिकास गर्न र उत्पीडनमा परेका दमनमा परेका समुदायको लागि न्याय दिन आफुले मात्रै सक्ने नेता कार्कीको दावी छ । आफनो उम्मेद्बारी पदकालागि नभैइ जनताको सेवामा लाग्ने मनसायका कारणले भएको बताए ।

धेरै दुखबाट राजनीतिमा उठेका कार्की निडर इमान्दार स्वभावका छन । आफ्नो कामबाट जनताले बिश्वास गरेको र त्यही अनुरुप अगाडी बढेको छु । उनी पाटिको मुलधारमै काम गरेर पाटी बचाउने अभियानकर्ता मध्य एक हुन । पश्चिम् क्षेत्रका उर्जावान भोरसिलो नेताका रूपमा परिचीत छन कार्कीले सबै दललाई पर्छार्ने मतदाताहरुको पनि वुझाई छ ।