नारायणहिटी दरबारमा सुनौलो बग्गी सार्वजनिक

भाद्र,२१ काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ ।तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गनुभएको छ। बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिनुभएको थियो । सो बग्गी वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो।