
कालिकोट । युवसंघ र अनेरास्ववियु कालिकोटले शेरबहादुर देउवा सरकारविरुद्व विरोध प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट भातृ संगठनले मान्ममा विरोध प्रदर्शन गरेका हुन् ।
उनिहरुले ‘टर्च लिएर सरकार खोज्न उठौं’, ‘सरकार कहाँ हरायो,पेट्रोलियम पदार्थको मुल्य फिर्ता गर,सरकार तेरो पाराले दुखपाए साराले,रेणु कुमारी यादवलाई बरखास्त गर?’ जस्ता शब्द लेखिएको व्यानर सहित प्रदर्शन गरेको हुन् ।
विद्यार्थीले नेता तथा केन्द्रीय सदस्यहरुले मान्म बजार परिक्रमा गरेका थिए ।गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको, स्थानिय चुनाव सार्न खोजेको भन्दै विराेध प्रदर्शन भएकाे बताईएकाे छ।



karnalipress
१३ माघ २०७८, बिहीबार १८:५१