दैलेखमा मेला हेर्न गएका युवककाे मृत्यु

दैलेख।  दैलेख जिल्लाकाे भगवतीमाइ गाउँपालिका वडा नं. ३ काे सान्तडामा लाग्ने बडावल मेला हर्न गएका एक युवककाे भिरबार लडेर मृत्यु भएकाे छ ।  बिहिबार भगवतीमाई गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय युवक मेला हेर्न गएको समयमा मेला नजिकै भीरबाट खसेर घाइते  भएका थिए ।

अत्याधिक मदिरा सेवन गरेर उनि भिरबाट लडेकाे हुन सक्ने मेला हेर्न भएका प्रत्यक्ष दर्सीले जानकारी दिएका छन । घाइते उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

दैलेख प्रहरीका अनुसार भगवतीमाई गाउँपालिका–३ सान्तडामा लाग्ने स्थानीय परम्परागत मेला हेर्न गएका गमबहादुर नेपालीको भीरबाट अन्दाजी ७५ मिटर तल खसेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको जनाएकाे छ ।

बिहान भएको घटनास्थलमा प्रहरी चौकी बेस्तडाबाट ५ जनाको टोली खटिएर उक्त व्यक्तिको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल दैलेख पठाएको र नेपालीको बिहिबार दिउँसो करिब २ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।

याे ठाउँमा सयाैँ बर्ष देखि मंसिर कृष्ण पञ्चमीकाे दिन मेला लाग्ने गदर्छ ।  करीब  ३ दिन लाग्ने मेलामा दैलेख, जाजरकाेट, कालिकाेट, अछाम तथा सुर्खेतबाट सम्मेत मेलामा दशर्क आउने र मेलाकाे साेभा वढाने परमपरा चल्दै आएकाे छ ।