
कालिकोट, २३ असोज । एकीकृत समाजवादी पार्टीका अध्यक्ष विश्वराज बमले प्रदेश (ख)मा उम्मेदवारी दर्ता गरेका छन्। कालिकोट जिल्लामा समाजवादीको भागमा नपरे पछि उक्त गठबन्धन नमान्ने भन्दै विद्रोह सुरु गरेका छन् । जिल्लामा एउटा सिट पनि भागबन्डामा नपरे पछि जनताको जनमतको कदर गर्नका लागि उम्मेदवारी दिएको विश्वराज बमले बताए।
नेकपा एकीकृत समाजवादी पार्टीको चुनाव चिन्ह कलमबाट उम्मेदवारी दिएका हुन्। प्रदेश सभा,(क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट सुर्यबहादुर शाही, (ख) मा स्वतन्त्रबाट लक्ष्मणबहादुर बम,र विश्वराज बमले मनोनयन दर्ता गरेका छन्।
जिल्ला बाहिरबाट (क) मा नेकपा माओवादी केन्द्रका दुर्गाबहादुर रावत,प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका हिक्मत बहादुर विष्ट,गठबन्धन बाट नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा महेन्द्र बहादुर शाही,लगाएतले जिल्ला बाहिरबाट उम्मेदवारी दर्ता गरेका छन्।



karnalipress
२३ आश्विन २०७९, आईतवार १७:१८