
कर्णाली प्रदेशका पत्रकारहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम नेपालगन्जमा सुरु भएको छ । यस प्रदेशका २५ जना पत्रकारहरुका लागि प्रशिक्षक प्रशिक्षण नेपालगन्जमा सुरु भएको हो। कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकार,आमसन्चारका विद्यार्थी तथा अधिकारकर्मिहरुका लागि दलित महिला संघ,फेडोले तालिम सुरु गरेको हो ।
तालिममा लेखन र यसको महत्व,लेखन सैली,मानव अधिकार हनन लगाएतका विषयमा छलफल सुरु गरिएको छ । प्रशिक्षक बबिता बस्नेत र अम्मर सुनारले पत्रकारिता,लेखन सैलीलगाएतको विषमा प्रशिक्षण सुरु गरेका छन्। कार्यक्रममा सामाजिक संस्कार र मानवअधिकारका सवालको विषयमा छलफल गरिएको छ ।



karnalipress
२८ बैशाख २०८०, बिहीबार ०९:५९