
असार ३१, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले २२ सय घरधुरीमा चुलो वितरण गरेको छ। तिलागुफा नगरपालिकाको एकघर एक चुलो बितरण कार्यक्रम अन्तरगत वडा नम्बर १,२,३,४,५ र ९,१० र ११ वडामा सुधारिएको चुलो वितरण गरि सकेको हो ।
तिलागुफा नगरपालिका र वैकल्पिक उर्जा प्रवधन केन्द्रको सहयोगमा २२ सय घरधुरीमा सुधारिएको चुलो वितरण गरि सकेको छ। तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्याय र नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले सोमबार वडा नम्बर १ का ४ सय ७ घरका स्थानीयहरुलाई निशुल्क चुलो हस्तान्तरण गरेका हुन् ।
नगर प्रमुख शंकरप्रसाद उपाध्यायले सुधारीएको चुलोले धुवाँ कम गर्ने भएकाले आधुनिक चुलो प्रयोग गर्न स्थानियलाई सुझाव दिए । निशुल्क चुलो पाएपछि स्थानीय खुसी भएका छन् ।
स्थानीय दुर्धा बुढाले सुधारीएको चुलोले अव आफुलाइ सहयोग भएको बताइन्। उनले भनिन् ‘यस अघि भान्सा गर्न समस्या हुन्थ्यो,अहिले सहज भएको छ।’ थोरै दाउरामा छिट्टै खाना पान्ने भएकाले समय र दाउराको बचत यसको मुख्य फाइदा भएको उनको भनाइ छ । भन्सा किन गर्नपर्दो हो भन्ने हुन्थ्यो,’ उनले आफ्नो भान्साकोठा सुधारिएको चुलो बनाएदेखि चिटिक्क परेको बताईन्।
अव नगरपालिकाले वडा नम्बर ६,७ र ८ मा सुधारिएको चुलो वितरण गर्न बाकी रहेको नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले जानकारी दिए । उनले भने २२ सय चुलो खरिदमा नगरपालिका र वैकल्पिक उर्जा प्रवधन केन्द्रले १ करोड ५६ लाखमा चुलो खरिद गरेर वितरण गरेको बताए ।




karnalipress
३१ असार २०८२, मंगलवार १७:३६