
ललित बिष्ट श्रावण ८ कालिकोट, सहिद स्मृती आवासिय बिद्यालय सञ्चालनको लागि बिहिवार दश क्रमचारी नियुक्ती गरीएको छ।जिल्लाको पलाँता गाउँपालिकाले आर्थिक वर्ष २०७८,/ २०७९ को निति तथा कार्यक्रममा शहिद आवासिय बिद्यालय सञ्चालनमा ल्याउने उल्लेख गरेको थियो सोही अनुसार तत्काल बिद्यालय सञ्चालनको लागि क्रमचारी नियुक्ती गरेको गाउँपालिकाले जनाएको हो ।
गाउँपालिका अध्यक्ष लक्षमणवहादुर बमले यो वर्ष शहिद स्मृती आवासिय बिद्यालय सञ्चालनमा ल्याउनको लागि क्रमचारी नियुक्ती सुरु गरी सकेको बताए । उनले भने यो वर्षमा ३० जना शहिदका छोरा,छोरीलाई भर्ना गर्ने कोटा समेत निधारण गरेको छु शहिदले मुलुकको राज्य ब्यवस्था परिवर्तनमा वलिदानी गरेको हुदा उनै शहिदका छोरा,छोरीलाई राम्रो शिक्षा दिनका लागि गाउँपालिकामा निसुल्क पढने बिद्यालय सञ्चालन गर्न थालेको बताए ।
अहीले गाउँपालिकाले दश जना क्रमचारी नियुक्ती गरेको र शहिदका छोरा,छोरीलाई निसुल्क गाँस,बास, कपास देखि लत्ता कपडा, स्कुलड्रेस,कापि,कलम सबै निसुल्न हुने गरी भदौ १ गते बाट बिद्यालय सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष लक्षमणवहादुर बमले जानकारी दिए।



karnalipress
८ श्रावण २०७८, शुक्रबार ०८:०८