खुलालु पुलको काम अन्तिम चरणमा पुष १५ मा काम सम्पन्न हुने,

कालिकोट मंसिर १३। कर्णाली करीडोर अन्तर्गत कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाको वडानं.८ को कर्णाली नदी खुलालुको पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । आर्थिक बर्ष २० ६८/६९ मा कन्काइ नेपाल प्रगती जेभी काठमान्डौंले निमार्णको जिम्मा पाएपछि पुलको निमार्ण कार्य सुरु भएको थियो ।

करिब १० वर्ष पछि पुलको  काम अन्तिम चरणमा पुगेपछि कर्णाली करीडोरमा पर्ने कालिकोट,बाजुरा र हुम्ला लगाएत करीडोर आसपासका स्थानीयहरुले सेवा लिने छन् ।

“विश्व व्यापी रुपमा फैलिएको कोरना महामारीका कारण पुल निमार्ण कार्यमा केही ढिलाइ भएको जेभीका प्रतिनिधि दीपकराज मैनालीले बताए। मैनालीका अनुुसार पुल निमार्ण गर्दा आफुहरु संग सम्झौता अगाडि भएपनि काम भने २०७४ बाट सुरु भएको र आउने पुषको  १५ भित्र सकिनेछ ।”

शनिबार कर्णाली करिडोर संगै खुलालु पुलको अनुगमन गर्न पुगेका कालिकोट जिल्ला प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले भने अहिले पुलको काम पुरै नसकिइएकाले सवारीसाधनलाई आफ्नो लागि भएपनि पुलमा वहर दोहर नगर्न अनुरोध गरे ।

यस्तै पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले कुनैपनि योजनालाई दिगो र प्रभावकारी बनाउन स्थानीय र सरोकारवालाको भुमिका हुने बताउदै हरेक ब्यापारि, सवारीचालक र आवत जावत गर्ने नागरीकले तत्कालै  निमार्ण भईरहेको पुलमाथि साना तथा ठूला मालबाहक गाडिहरु संन्चालन नगर्न अनुरोध गदै काम सकिएमा मात्र गाडि संन्चालन गर्न सुझाब दिए । अनुगमनमा जिल्लाका सुरक्षा निकायका प्रमुख, पत्रकार र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।