
कार्तीक ९,कालिकोट। कालिकोट जिल्लामा असोज ५ गते परेको अबिरल बर्षाका कारण पहिरो सहित रुख आएर ज्यान गुमाएका परीवारलाई राहात बितरण गरीएको छ । रास्कोट नगरपालिका ४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका शान्नि त्रिवेणी गाउँपालिका वडा नं. ७ का २३ बर्षीया सुरेन्द्र धमलाका परीवारलाई जिल्ला विपत ब्यबस्थापन समितिले राहत बितरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले मंगलवार जिल्ला प्रशासन कार्यालयको आफ्रनै कार्यकक्षमा मृतक सुरेन्द्र धमलाका बुवा अमनाथ धमलालाई दुईलाख रुपैया रकम हस्तान्त्ररण गर्नुभएको हो । संघिय सरकारको मापदण्ड अनुसार जिल्ला विपत ब्यबस्थापन समितिले राहात रकम उपलब्ध गराउने निणर्य गरेको र सोहि अनुसार राहत रकम हस्तान्त्ररण गरीएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।
अन्य स्थानका वाडी पहिरो पिडितलाई पनि चाडै राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । गत असोज ५ गते बिहान स्युना गाउजाने क्रममा माथिवाट पहिरो संगै खसेको रुख लागेर सुरेन्द् धमला गम्भिर घाइते हुनुभएको थियो ।गंम्भिर घाइते धमलाको रास्कोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
राहत बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चक्र शाह, नेपालि कांगेसका युवा नेता दमन बहादुर शाही, जलस्रोत तथा उर्जा विकास कार्यालयका सब ईन्जिनियर गुरुराज संञ्याल कर्णाली प्रेसका अध्यक्ष ललित बिष्ट,मालिमा एफ.एमका स्टेशन म्यानेजर पुष्पराज भट्टराई लगाएतका पत्रकारहरुको सहभागीता रहेको थियो ।




karnalipress
९ कार्तिक २०७८, मंगलवार १८:४८