
निस्ता कार्की,साउन २४ कालीकोट। बृहत यौनिकता सम्बन्धी शिक्षकहरुलाई पाँच दिने तालिम दिइएको छ। कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका पाँच वटा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विषय शिक्षक रस्कुल नर्स गरि २० जनालाई बृहत यौनिकता शिक्षाकालागि तालिम प्रदान गरिएको हो ।
यौनिकता शिक्षालाई हाम्रो समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गरी सो शिक्षालाई अहिलेका किशोरकिशोरी तथा बालिबालिकालाई विद्यालय शिक्षा मार्फत परिवर्तन गर्ने उद्देश्यले सो तालिम प्रदान गर्न लागिएको आयोजक संथा आइ.एन एफ नेपालले जनाएको छ ।
अहिले पनि नेपाली समाजमा यौनिकता शिक्षाबारे खुलेर बहस नगर्ने गर्नाले बालबालिका तथा किशोरकिशोरी सामाजिक संजालको प्रयोगबाट बिग्रीने र यौनको दुरुपयोगले गर्दा कतिपयको भविष्य नै अन्धकार हुने भएकाले यसका फाइदा, प्रयोग र सामाजिक दृष्टिकोण परिवर्तनका लागि विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरीएको आइ.एन.एफ नेपालका समिक्षा गुरुङले जनाकारी दिइन् ।
समाजलाई यसबारे सशुचित गर्ने उद्देश्यले सो तालिम प्रदान गर्न लागिएको थियो । आए.एन.एफ नेपालले शिक्षा स्वास्थ्य बालविवाह,लैङ्गिक समानता लगायतका क्षेत्रमा काम गर्दै आएको आइ.एन.एफ नेपालका जिल्ला संम्योजक दलबहादुर बुढाले बताए ।
कार्याक्रममा बोल्दै चुलीमालीका मा.वि धोडेनाका शिक्षक दिपराज शाहीले बृहत यौनिकता सम्बन्धी तालिमले शिक्षक र विद्यार्थी बिचमा यौनिकता शिक्षाबारे खुलेर बहस गर्न र यौनिकता शिक्षाबारे शिक्षा दिन सहज भएको बताए । उनले भने विद्यालयमा किशोर किशोरीहरु यौनिकता शिक्षाबारे खुल्न लजाउने विद्यालयमा शिक्षकहरुले यौनिकता शिक्षाबारे पठन पाठनमा समेत लजाउने जस्ता कुरामा यो तालिमले सहज बनाएको बताए ।
खाँडाचक्र नगरपालिका भित्रका पाँच वटा विद्यालय जनज्योती मा.वि पाखा,चुलीमालीका मा.वि धोडेना,जनजिवन मावि ताडी, चुलीमालिका मावि बडालकोट र कर्णाली मावि रेङ्गिलका शिक्षविद्यालय व्यवस्थापन समितिका अध्यक्ष विषय शिक्षक र स्कुल नर्सलाई बृहत यौनिकता सम्बन्धी जनकारी दिन १०० वटा ट्याब,टोटझोला,छाता, पानी पिउने बोत,रेचल डिभाइस पाँचवटा लगाएतका विभिन्न सामग्री समेत प्रदान गरिएको थियो ।





karnalipress
२५ श्रावण २०८२, शनिबार १९:०४