रेडियो कचहरी सम्पन्न

१६ पुस, कालीकोट । खानेपानी सरसफाई तथा स्वच्छता र पोषण सम्बन्धि रेडियो कचहरी सम्पन्न भएको छ । कालीकोटको खाँडाचक्र नगरपालिकाको वडानं.२ को सेरी गाउँमा शुक्रवार यूनिसेफ नेपालको आर्थिक सहयोग ताथा किर्डाक नेपालको प्रविधिब सहयोग र रेडियो नयाँ कर्णालीको एफ.एम कालीकोटको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

खाँडाचक्र नगरपालिका प्रमुखजसि प्रसाद पाण्डे, वडानं. १ का वडाअध्यक्ष गणेशबहादुर शाही, देवसंह वि.क, किर्डाक नेपालका पुरिचन्द्र पाण्डे र स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

खाँडाचक्र नगरपालिकाको वडानं. २ को सेरीगाउँमा खानेपानी सरसफाई तथा स्वच्छता र पोषण सम्बन्धिको कार्यक्रमले घरमा घेरै सहयेग पुगेको स्थानीयले बताएका छन ।

कार्यक्रम लागु भएको तिन महिनामा घर,घरमा जुठ्यान, फोहोरफाल्ने खाल्डो,चाङ लगाएतका घराएसी सरसफईका बिभिन्न सूचकहरु पुरागर्दै आएको स्थानीय कोईला विकले बताईन । कचहरीमा सहभागी स्थानीयले बिभिन्न राहत र अनुदानमा वडा सरकारले पक्षपात गरेकाले आफुले सेवा नपाएको गुनासो गरेका छन ।

जनप्रतिनिधिले आफु र आफ्ना नातागोतालाई बिषेश सेवा दिने गरेकाले गाउँका नागरिक पिडित वनेको गुनासो गरेका थिए । गाउँमा खानेपानी सरसफाई सम्बन्धिका सामग्री यूनिसेफले सहयोग गदै आएको र शाैचालय नभएका नागरीकको घरमा शाैचालए,जुठ्यान,लगाएत सरसफाईका सामग्री सहयोग गरी रहेको किर्डाक नेपालका पुरिचन्द्र पाण्डेले जानकारी दिए ।