रास्कोट नगरको मेयरका उम्मेदवार सिम्खडाको चुनावी घोषणा पत्र सार्वजनिक

बैशाख १०,कालिकोट । नेकपा एमालेबाट रास्कोट नगरपालिकाका उम्मेदवार दयाराम सिम्खाडाले आफ्नो चुनावी घोषणा पत्र तथा प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । शुक्रवार सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गर्दै रास्कोट नगरपालिकालाई विकास र सम्वृद्ध तर्फ अगाडी बढाउन आफ्नो चुनावी घोषणा पत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन ।

“समृद्ध रास्कोटकालागि भस्ट्रचार विरुद्ध सुन्य सहनसिलता” नारालाई अघिसारेर उनले घोषणा पत्र सार्वजनिक गरेका छन।  आगामी बैशाख ३० गते देशैभरी हुन गईरहेको स्थानिय तह निर्वाचनमा हामी शुखि नेपाली,सम्बृद्ध नेपालको राष्टिय आकांक्षा पुरा गर्ने अभियानमा लाग्ने प्रणकासाथ यस नगरमा विद्यमान रहेको गरिवि,अशिक्षा,पछौटेपन तथा अन्धविश्वासको जालो तोडेदै जनताको विगत लामो समयदेखिको संस्थागत भस्ट्राचार विरुद्ध तथा विकासको अभिभारा पुरा गर्दै सुशासनको जगमा जनता प्रति उत्तरदायी सरकार संचालन मार्फत सभ्य,सस्कृत तथा बिकासशिल नगरपालिका निर्माणमा तपषिलका सवालहरुमा प्रतिबद्धता व्यक्त गरेका हुन।

उनले पहिलो प्राथामिकता पुर्वधार विकासलाई दिनेगरी प्रतिबद्धता तयार गरीएको छ। पुर्वाधार विकास तर्फ दिगो विकास,एमालेले दिन्छ निकास आज विकासको नाममा डोजर मार्फत सडक निर्माण गरी भुक्षय तथा रोजगारी कटौती बढाईरहेको वर्तमान परिपेक्ष्यमा रास्कोट नगरपालिकामा दिर्घकालिन विकासलाई अगाडि बढाउनु आजको आवश्यकता हो । दिगो विकासका क्षेत्रमा हाम्रो सरकारनिम्न कामगर्न प्रतिवद्ध छु भनि घोषणा पत्र सार्वजनिक गएरिको हो ।

यस संयन्त्रमार्फत स्थानिय सरकार र पार्टी विचको सम्बन्ध अझ मझबुुत तथा प्रभावबारी पार्दै सबै स्थानिय सरकारलाई बढीभन्दा बढी जनता प्रति जवाफदेही बनाउने कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गदै रास्कोट नगरपालिकाका उम्मेदवार दयाराम सिम्खाडाले घोषणा पत्र मार्फत सार्वजनिक गरेका छन्।

 

यस्ता छन्, मेयरका उम्मेदवार सिम्खाडाका प्रतिबद्धताहरू