प्रचण्डको खल्तीबाट निस्कियो २३६ केन्द्रीय सदस्यको नाम

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी चयनका लागि चुनावमा नजाने रणनीति अनुसार हलमा नाम प्रस्ताव गरेका छन् । उनले आज २३६ केन्द्रीय कमिटी घोषणा गरी नाम प्रस्ताव गरेका हुन् ।

प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेलगत्तै चुनावको सम्भावना लगभग अन्त भएको छ । उनको प्रस्ताव पारित हुने निश्चित जस्तै छ ।

यसअघि चुनावी प्रक्रिया सार्वजनिक गरेको माओवादीले आइतबार गर्ने भनेपनि सोमबारका लागि सारेको थियो । अब नाम घोषणा भएपछिमाओवादीमा पहिलोपटक हुनलागेको चुनाव हुन सकेन ।

प्रचण्डले पदाधिकारीको नाम पनि यसरी नै केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने तयारी गरेका छन् । माओवादीमा २९९ केन्द्रीय कमिटीको व्यवस्था छ । पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था छ ।