
असार १५ ,कालिकोट। जिल्लाकाे सान्नीत्रिबेणी गाउँपालिका उपाध्यक्ष पार्बति सिंह प्राबिधिककाे टिमसहित याेजना अनुगमन गर्न थालेकी छन् । गुणस्तरीय काम र उपभाेक्ताले गरेकाे याेजनाकाे कामकाे सहज भुक्तानीका लागि गाउपालिका उपाध्यक्ष सिंह प्राबिधिक टिम सहित याेजना अनुगमन गर्न थालेकी हुन् ।
सान्नीत्रिबेणी गाउँपालिका वडा नं १ मा मंगलबार गाउँपालिका उपाध्यक्ष सिंहले ईन्जिनियर कमल बम, सब ईन्जिनियर रमेश सुवेदी, वडा नं १ का अध्यक्ष बैकुण्ठराज गिरी लगायतकाे टिम लिएर संघ, प्रदेश र पालिकाबाट कार्यन्वयन भएका बिकासी याेजनाहरुकाे अनुगमन गरेकी छन् । उनले असार मसान्तलाई मध्ये नजर गर्दै रकम चुहावट रोक्न र कामको गुणस्तर कायम गर्न याेजना अनुगमन प्रभावकारी बनाईएकाे बताईन् ।
उनले भनिन्, स्टमेट अनुसारकाे काम हाेस । जनताले पसिना बगाएर काम गरेकाे विकासी याेजनाकाे रकम फृज नजाओस । प्रत्येक योजनाको आफुले प्राविधिक टिमसहितको अनुगमन गरेर मात्र भुक्तानी दिनेछु । उनले सबै उपधभाेक्ता र निर्माण ब्यबसायीलाई समयमै काम सम्पन्न गर्न र गुणस्तरीय काम गर्न निर्देशन दिईन । मंगलबार मात्र मुख्य मन्त्री रोजगार कार्यक्रम, रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम शंकर माबी फिल्ड निर्माण लगायतका याेजनाहरुकाे अनुगमन गरिएकाे प्राबिधिक रमेश सुबेदीले बताए ।



karnalipress
१५ असार २०७९, बुधबार १९:११