
कालिकोट :नेपाल कम्युनिस्ट पार्टी कालिकोटको बैचारिक राजनैतिक एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।
आधारभूत राजनैतिक तथा वैचारिक प्रशिक्षणमा नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चनले’ माक्र्सवादका आधारभूत विषयको ज्ञानले समाज रुपान्तरणको लागि निकै योगदान पुर्याउने बताउनुभयो । नेता बास्तोलाले विचारधारात्मक काम निकै पछाडि परेको बेला यस प्रकारको प्रशिक्षणकाे महत्वपूर्ण भूमिका रहने पनि बताउनुभयो ।

उक्त आधारभूत राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रममा राजनैतिक अर्थशास्त्र, बैज्ञानिक समाजवाद, दर्शन शास्त्र, सैन्य विज्ञान, एकीकृत जनक्रान्तिको कार्यदिशा र विज्ञान प्रविधि लगायत समकालीन राजनीतिक परिस्थितिकाे बारेमा नेता बास्तोलाले प्रशिक्षण दिनुभएको थियो ।
नेकपा कालिकोटको आयोजनामा संचालन भएको प्रशिक्षण कार्यक्रमकाे जिल्ला सेक्रेटरी रणदिपकाे अध्यता रहेकाे थियोे भने प्रमुख अतिथि नेकपा केन्द्रीय सचिवालय सदस्य कन्चन रहनु भएको थियोे भने विषेश अतिथि नेकपा केन्द्रीय सदस्य एटम बिसि रहनु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा जिल्ला इन्चार्ज बिराट, युवा स्वयंसेवक कमान्डर भुकम्प र जिल्ला पार्टी सल्लाहकार समिति संयोजक समग्रकाे आतिथ्यता रहेको थियो ।
प्रशिक्षण कार्यक्रमकाे संचालन नरहरिनाथ गाउँ कमिटी इन्चार्ज शाहसिले गर्नुभएको थियोे । भने प्रशिक्षण कार्यक्रममा दुई सय बढी अगुवा नेताकार्यकर्ताकाे सहभागिता रहेको थियोे ।



karnalipress
१६ भाद्र २०७८, बुधबार १९:२२