ललित विष्ट, कालीकोट । प्रथम कालीकोट महोत्सव आज उद्घाटन हुदैँछ। आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। उद्योग वाणिज्य संघ कालीकोटको आयोजनामा आज ‘समृद कालीकोटको प्रमुख आधार ब्यापार,कृषि,पर्यटन सांस्कृतिक उद्योग र पूर्वाधार’ मूल नाराका साथ महोत्सव विधिवद्ध रुपमा उद्घाटन हुदैँछ।
कालीकोटमा भब्य सांस्कृतिक र्याली प्रदर्शन सहित महोत्सवमा परिणत हुने कार्यक्रम तय भएको प्रचारप्रसार समितिले जनाएको छ। महोत्सव उद्घाटनमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको प्रमुख आतिथ्ययता रहने छ।
आज देखि मंसिर १७ गतेसम्म कालीकोटको जिविसको खुल्ला मञ्च परिसरमा महोत्सव सञ्चालन हुदैँछ। महोत्सवमा साधारण प्रवेश शुल्क ५० रुपैँया र अन्य शुल्क १०० रुपैँया निर्धारण गरिएको छ । उद्घाटनका दिन भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
karnalipress
११ मंसिर २०८१, मंगलवार १०:३६