पल शाह प्रकरणमा नाबालिगले फेरिन् बयान

 बैशाख ४,कालिकोट।  अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।‘बालिकाले बयान फेरेकी छन् । उनले पलले बलात्कार गरेको नभइ आफूले अरुको उक्साहटमा जबर्जस्ती करणीको जाहेरी दिएको बयान दिइन्,’ ती वकिलले भने ।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवै अदालतले उक्त प्रकरणको प्रारम्भिक सनुवाइ गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । शाह जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदनमा गएका छन् ।