
ललित बिष्ट जेठ २,कालिकोट । कालीकोटको पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २ हजार २ सय ९२ मतका साथ विजयी भए ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशरसिंह बमले १ हजार ४ सय १३ मत पाए । यस्तै उपाध्यक्षमा पनि मावादी केन्द्रकी अलैपूरा जैशी विजयी भएकी छन् । उनले १ हजार ७ सय ४३ मत पाइन् । उनका प्रतिस्पर्धी एमालेकी जलशाकुमारी बुढाले १ हजार ५ सय २३ मत पराप्त गरेकका छन् ।
यस्तै वडा अध्यक्ष तर्फ वडानं. १,मन प्रसाद न्यैपाने (माओवादी केन्द्र),वडानं. २ भिम प्रसा न्यैपाने (माओवादी केन्द्र)वडानं.३बाचे बि.क (माओवादी केन्द्र)वडान ४ तिलक बहादुर बुढा (माओवादी केन्द्र) वडानं.५ तिलक बहादुर बम (नेपाली काँग्रेस) वडानं.६ज्ञान बहादुर ऐडि (माओवादी केन्द्र वडानं.७ उमेश बम (स्वतन्त्र) वडानं.८ गोगन बहादुर बम (माओवादी केन्द्र)वडानं ९ मानसिंह बम (नेपाली काँग्रेस) यो गाउँपालिकामा २०७४ मा पनि माओवादीले नै जितेको थियो ।



karnalipress
२ जेष्ठ २०७९, सोमबार १७:१९