
भाद्र १८,कालिकोट।नेपाली सेनाले सैन्य पदका लागि चार हजार जनाको लागि जागिर खुलाएको छ।शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नेपाली सेनाले चार हजार जना सैन्यका लागि दरखास्त आह्वान गरेको छ।
जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासी/जनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ।
नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने छ।१८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ। आठ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्।




karnalipress
१८ भाद्र २०७८, शुक्रबार ०९:५७