
ललित विष्ट फागुन २३, कालिकोट । जिल्लामा घट्ने गरेका बालअधिकार उल्लंघनका घटनारुको अनुगमन गर्ने कार्यमा तिलागुफा नगरपालिका,शुभकालिका गाउँपालिका र जिल्ला स्तरमा गठित नागरिक समाज सक्रिय हुने भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा किर्डाक नेपाल कालिकोटको आयोजनामा मंगलबार सम्पन्न बालअधिकार अनुगमन सम्वन्धि दुइदिने क्षमता अभिवृद्धि कार्यक्रममा नागरिक समाज,पत्रकार,मानव अधिकारर्कीहरुले बाल अधिकारका लागि सक्रियताकासाथ वकालत र पैरवी गर्ने प्रतिवद्धता जनाएका हुन्।
दुइदिने कार्याक्रमले मानव अधिकार,बालअधिकारको बारेमा प्रस्ट भएको र वकालत अनुगमन गर्न सहज भएको नागरिक समाज तिलागुफाकी सदस्य प्रमिला शाहीले वताईन्।
तालिममा पत्रकार तथा मानव अधिकारकर्मी कालीबहादु मल्ल,अधिवक्ता दमनराज बम,सेभ द चिल्ड्रेनका बाले विश्वकर्मा,किर्डाक कालिकोटका प्रकाश शाहीले सहजिकरण गरेको तलिममा मानव अधिकार सम्वन्धि अवधारण,बालअधिकार सम्वन्धि अवधाराणा, बालअधिकार सम्वन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनका वारेमा जानकारी गराइएको थियो । यस्तै बाल अधिकार उल्लंघ
नका घटनाको अनुगमनको उद्देश्य,महत्व,बालअधिकार अनुगमनका तहहरु,सूचना संकलन तरिका दस्तावेजिकरणका विषयमा प्रस्ट पारिएको थियो ।
किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेको अध्यक्षतामा उद्घाटन गरिएको तालिममा तिलागुफा नगरपालिका र शुभकालिकामा गाउँपालिकामा गठित नागरिक समाजका पदाधिकारी तथा जिल्लामा रहेको क्रियाशिल पत्रकार अधिकारकर्मीको सहभागिता रहेको थियो ।
नागरिक समाजका पदाधिकारीहरुले बालअधिकारको वारेमा वकालत गदै आएको र तालिम पछि अधिकारको अवस्था र घटनाको अनुगमन दस्तावेजीकरण गरी सवै तहका सरकारलाई दवाव पुग्ने अपेक्षा गरिएको छ ।
तालिमबाट नागरिक समाजका पदाधिकारीहरु बालअधिकार अवधारणा,बालअधिकार अनुगमनको सूचनाको सुरक्षा,स्थानीय तहमा बनेका बालअधिकार सम्वन्धि वनेका ऐन,कानूनको कार्यान्वयनका लागि वकालत पैरवी गर्न सक्षम भएका छन् ।




karnalipress
२४ फाल्गुन २०७९, बुधबार ०६:०७