लागूऔषधसहित सुर्खेतबाट दुई पक्राउ

श्रावण ११,सुर्खेत । सुर्खेतबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।जिल्लाको वीरेन्द्रनगर नगरपालिका-५, गणेशचोकबाट लागूऔषध ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–५, का २५ वर्षीय सन्दिप बि.क. र सोही ठाउँका ३० वर्षीय खडानन्द पौडेल रहको जिल्ला प्रहरी कार्यालय सुर्खेतका  डीएसपी रामप्रासद घर्तीले जानकारी दिनुभयो।

उहाँका अनुसार गणेशचोक स्थित सडक बाटोमा शंकाष्पद रुपमा हिडिरहेका उनीहरुको शरीर चेकजाँच गर्दा सन्दिपको शरिरमा छिपाई राखेको ३ पुरिया ब्राउन सुगर फेला गरेको हो ।लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।