
२० पुस,कालीकोट। कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा तालावन्दी गरिएको छ । आर्थिक वर्ष २०७७\०७८को मुख्यमन्त्री रोजगार कार्यक्रममा काम गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालावन्दी गरेका हुन । असार मसान्तमा भुक्तानी पाउनु पर्ने भएपनि हाल सम्म मजदुरले ज्याला पाएका छैनन ।
१३२ जना कामदार वडा नं १ वाट छनोट भएका थिए । प्रति ब्यक्ति ५० दिन सम्म काम गरेपछि वडा अध्यक्ष भरतवहादुर बिकले असारको अन्तीममा ग्याविन जाली खरिद गरि ल्याएको मजदुरको भनाई छ । कामदार गोकर्ण प्रसाद जैसिले आफुहरुलाई ५० दिन सम्म काम गर्न भनिएको र ५० दिन काम पुरा भएपछि काम छोडेको सुनाउनुभयो । नयाँ आर्थिक वर्ष लागेपछि ग्याविन जाली वडा अध्यक्ष आफैले खरिद गरी ल्याएर हाल्न भनियो ।
हामीले त्यो अव कसरी सम्भव छ भन्यौ, सुरुमा जालीको कुरै नभएकाले र सबैले ५० दिन काम पुरा गरेकाले थप ज्याला पाईने भएमात्र काम गर्ने भनेपछि आफुहरुको ज्याला रोकेकाले वडा कार्यलयमा तालावन्दी गरिएको जैसिको भनाई छ । मुख्यमन्त्री रोजगारका काम गर्नु भएकी निर्मला अधिकारीले तोकेको भन्दा वढि दिन काम भए थप ज्याला नपाईने उनिहरुले नै भनेकाले आफुहरुले ५० दिन भन्दा वढि काम नगरेको स्वीकार गर्नुभयो ।
पछि फेरी काम पुरा भएको केही दिनमा ग्याविन जालीपनि रहेछ हाल्नु प्रयो त्यसपछि मात्र भुक्तानी पाईने भनेपछि थप ज्याला पाईने भएमा मात्र काम गर्ने आफुहरुले अडान लिएका कारणले आफ्नो भुक्तानी रोकेको गुनासो निर्मलाको छ । कामदार छत्ती सज्यालले अव असारको २९ गते सम्म भुक्तानी आउछ भनेर काम वन्द गरिएको र हाल सम्म पनि आफुहरुले ज्याला नपाएकाले वडा कार्यालयमा आन्दोलन स्वरुप तालावन्दी गरिएको सुनाउनुभयो ।
ताला लगाउन ४८ जना महिला तथा पुरुष कामदार वडा कार्यालयमै पुगेका थिए । कामदारले ज्याला नपाएको र वडामा तालावन्दी गरिएको बिषयमा वडा नं १ का वडा अध्यक्ष भरतवहादुर बिकले ताला लगाएको आफुले सुनेको र जाली नहालेका कारणले भुक्तानी रोकिएको स्वीकार गर्नुभयो । उहाँले आफुले जाली खरिद नगरेको र लुसाकै मान्छेले गरेको सुनाउनुभयो । उहाँले कामको क्वान्टीटी नपुगेकाले भुक्तानी रोकिएको वताउनुभयो । \रोजगार संयोजक महोन राज सुवेदीले असारमा जाली ल्याउनु पर्ने थियो ।
वर्षातका कारणले कर्णाली करिडोरमा पहिरो गएका कारणले ७८ जाली समयमा खरिदकर्ताले पुगाउन सकेनन, काम कम भएको भन्दै प्राबिधिकले जाली हाल्न भने र कामदारले जाली हाल्न नमानेका कारणले भुक्तानी रोकिएको सुनाउनुभयो । उहाँले अव कामदार र गाउँपालिका वसेर त्यसको समाधान गरिने वताउनुभयो ।



karnalipress
२० पुष २०७८, मंगलवार १८:३२