
चैत २९,कालिकोट । राष्ट्यि प्रजातन्त्र पार्टीका महाँमन्त्री धवलशम्सेर राणाले नेपाल र नेपालीको हित चाहने आफ्नो पार्टी राप्रपामात्र भएको जिकिर गरेका छन् । महाँमन्त्री राणाले नेपालीको पार्टी र देशको रक्षक राप्रपा बाहेक अरु कुनै पनि नभएको दावी गरेका हुन् ।
उनले तत्काल पास भएको एमसिसिका बारेमा चर्चा गदै सत्ताको आसले देशलाई बन्दकी राख्ने सत्ता साझेदार दलबाट नेपाल र नेपालीको रक्षा हुन्छ भनेर झिनो आस गर्ने पनि ठाउँ नभएको बताएका छन् ।
राप्रपा कालिकोटले मान्ममा आयोजना गरेको चुनावी सभामा वोल्दै महामन्त्री राणाले नेपालको रक्षा गर्ने राजा र उहाँको बिचार बोकेको राप्रपा भएको भन्दै सानो देश प्रतिको भुमि प्रतिको माया नेकपा एमालेमा पनि छ भन्ने महसुस चुच्चे नक्साले देखाएको पनि स्मरण गराए । उनले राप्रपा जतिको जिम्मेवार पार्टीलाई कालिकोटका जनताले न्याय दिने कुरामा आफु र आफ्नो पार्टीले बिश्वास गरेका कारण स्थानीय सरकार सञ्चालनको नमुना ल्याएर कालीकोट आएको बताए ।
बिकास कसरी गर्ने भनेर नेपालगन्जलाई हेर्न उनले आग्रह समेत गरेका थिए। यस्तै अर्का महामन्त्री कुन्ती शाहीले आफ्नो पार्टीलाई जनताले पाँच वर्ष सरकार चलाउन दिए देश कस्तो बनाउने त्यो योजना राप्रपा संग रहेको बताइन् । उनले देश चलाउनेहरु भष्ट भएका बेला देशको साँचो राप्रपाको हातमा दिए आम जनताले सुख पाउने दाबी गरिन् ।
राप्रपा कालिकोटका अध्यक्ष हंशवहादुर मल्लको अध्यक्षतामा आयोजित चुनावी सभामा वोल्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्रवहादुर शाहीले एमसिसि पास गर्ने सत्ताधारी दलप्रति असन्तुष्ट हुदै दलालहरुले नेपाललाई बेच्ने प्रयास गरेको आरोप लगाए । उनले देशको रक्षाका लागि काँडेतार लगाउने ठाउँमा अमेरिकी सेनालाई हजाईजहाज मार्फत काठमाण्डौ ल्याउने सहमती गर्न वर्तमान सत्ता साझेदार दल सहमत भएर एमसिसि पास गरेर नेपाली जनता माथि इतिहासमै भुल्न नसकिने गल्ती गरेको बताए । चुनावी सभामा राप्रपाका महामन्त्री सहित केन्द्रीय सदस्यहरुको कालिकोटमा सहभागीता रहेको थियो ।




karnalipress
२९ चैत्र २०७८, मंगलवार २१:३८