
कालीकोट। सुनथराली बिमानस्थलको काम सम्पन्न गर्न र नियमित उडान गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाईएको छ।शुक्रवार सुर्खेतमा रहेका कालीकोटका युवाहरुले मुख्यमन्त्री जीवन बहादुर शाहीलाई सुनथराली बिमानस्थल निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी गराउदै नियमित उडानकोलागि ध्यानाकर्षण पत्र बुझाएका हुन्न।
“बिगत ३ दशक देखि निर्माणधिन कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडानं.१ मा रहेको सुनथराली बिमानस्थल निर्माणको अन्तिम चरणमा रहेको सबैलाई जानकारी नै छ।
कर्णाली प्रदेशका हालका मुख्यमन्त्री जीवन बहादुर शाही तत्कालिन संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुदा उहाकै पहलमा २०७३ साल माघ २९ गते शनिबार परिक्षण उडान सफल भएको थियो।
हाल कर्णाली प्रदेशको मुख्यमन्त्रीको हैसियतमा हुनुहुन्छ आम कालिकोटका जनताले उहाँबाट यो बिमानस्थल नियमित्स सुचारु हुने कुरामा ठूलो आशा गरेका छन।”
उहाकै कार्यकाल भित्र निर्माण सम्पन्न भई नियमित उडान हुन्छकी भन्ने ठूलो आशाका साथ नरहरिनाथ गाउँपालिकाका सुर्खेतमा उपलब्ध केही युवाको उपस्थितिमा मुख्यमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएको प्रदिप बोहोराले जानकारी दिनुभयो।
“उहाँका अनुसार आशा छ उहाँ मुख्यमन्त्री भएको हैसियतले उहाको केन्द्र सरकार संगको निरन्तर समन्वय र आग्रहमा र मुख्यमन्त्री शाहीको आजको सकारात्मक जवाफले पनि यो बिमानस्थल जतिसक्दो चाडो सुचारु हुनेमा आशाबादी छौ।”



karnalipress
२६ कार्तिक २०७८, शुक्रबार १९:०८