मुगु बस दुर्घटना : २२ जनाको घटनास्थलमै मृत्यु १८ घाइते

कालिकोट  : नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस छाँयानाथ रारा गाउँपालिका-७ पिनागाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परेर  २२ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य १८ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस आज  दिउँसो २ बजेतिर दुर्घटना भएको हो । अहिले घाइतेको उद्धार जारी रहेको  छ थप विवरण आउँन बाँकी छ ।