ओसीएमसीसँग सम्बन्धीत सरोकारवालाहरुलाई अभिमुखीकरण

कालीकाेट, एकद्धावार संकट ब्यवस्थापन समिति (ओसीएमसी)सँग सम्बन्धीत सरोकारवालाहरुको एक दिने जिल्ला स्तरीय अभिमुखीकरण तालीम कालीकोटमा शनिबार सम्पन्न भएको छ ।

लैङ्गिक हिंसामा परेकाहरुलाई छिटोछरितो सेवा प्रदान गर्न गठन भएको एकद्धार संकट व्यवस्थापन समितिले प्रवाह गरेको सेवा र कानुनी परामर्शका बारेमा जानकारी गराउन अभिमुखिकरण तालिमको आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्याको अध्यक्षतामासुरु भएको जिल्ला स्थरिय अभिमुखिकरण तालिममा स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख रत्नबिर सुनार,जनस्वास्थ्य अधिकृत कटक महत, किर्डाक नेपाल कालीकोटका संयोजक तुलाराम पाण्डे,किर्डाक नेपाल सुर्खेत प्रदिप बाेहाेरा,किरण पाैडेल जिल्लाका कार्यालय प्रमुखहरुको सहभागि रहेको थियो ।कार्यक्रमा वार यसोसेरन कालीकोटका अध्यक्ष दमनराज बमले बालविवाहा र घरेलूहिंसाका बारेमा जानकारी गराउदै जरिवानार सजाएकोका बारेमा सबै सहभागिलाई प्रिनटेशनगरेर प्रष्ट पानु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालीकोटका डाक्टर राजकमल कार्कील लैगिंक हिंसाकाको बारेको जानकारी गराउदै यो समयमा शारीरीक,मानसिक र आर्थिक हिसावले गर्दा महिलाहरु हिंसा परेको बताउनु भयो । हिंसामा परेकाहरुलाई (ओसीएमसीले) जिल्ला स्वास्थ्य सेवा कार्यालयमा निःशुल्क उपचार र खानबस्नको व्यवस्था गर्दै आएको उहाँले बताउनु भयो । राज्यले नै हिंसामा परेकाहरुलाई उद्धार, उपचार, परामर्श र संरक्षणको काम गर्दै आएको उहाँको भनाइ छ ।

कार्यक्रम युनिसेफ नेपालको सहयोग,स्वास्थ्य सेवा कार्यालयको सहजिकरण ताथा किर्डाक नेपाल कालीकाेटकाे आयोजनामा सम्पन्न भएको हो ।