भाद्र ५,कालिकोट । भगवतीमाई गाउँपालिका –३ मेहेतोलीका कविराम कामीकाे नागरिकतामा लेखिएकाे नाम संशाेधन गरिएकाे छ। नागरिकतामा अपमानजनक नाम लेखिएका उनकाे जिल्ला प्रशासन कार्यालय दैलेखले नागरिकताकाे नाम संशाेधन गरिदिएकाे हाे।
कविरामसहित नागरिकतामा अपमानजनक नाम लेखिएकाे बारे सञ्चारमाध्याममा समाचार प्रकाशन प्रसारण भएपछि गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई नागरिकताकाे नाम संच्याइदिन निर्देशन दिएकाे थियाे।
कविरामलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन्। नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित प्रशासन कार्यालय पुगेका थिए।



karnalipress
५ भाद्र २०७९, आईतवार २१:३८