आठबीस नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५४ करोड ५ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
उपमेयर कल्पना थापाले बिहिवार आयोजित ११ औं नगरसभामा नयाँ आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेकी हुन् ।
बजेटमा संघीय सरकारको अनुदान, प्रदेश सरकारको अनुदान, आन्तरिक आयबाट राजस्व बाँडफाँट उल्लेख छ ।
नगरले पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार, पर्यटन प्रवर्द्धन, सञ्चारलगायतमा जोड दिएर बजेट सार्वजनिक गरेको हो ।
नगरसभामा नगरप्रमुख तर्कबहादुर बडुवालले खानेपानी तथा स्वछन्दतासहित दुईवटा विद्येयक प्रस्तुत गरेका थिए भने सभामा कार्यपालिका सदस्यहरु, वडाअध्यक्षहरु, पत्रकारसमेतको उपस्थिति रहेको थियो ।
बस्तीस्तरबाट आएका योजनाहरुलाई प्राथमिकरण गरेर बजेटमा समावेशर गरिएको नगरका प्रवक्ता वीरबहादुर माक्र्सवादीले बताए ।
karnalipress
३१ असार २०७९, शुक्रबार ०७:२९