ब्यक्तिगत लगानिमा सडक मर्मत

५ फाल्गुन,कालिकोट जिल्ला शुभकालिका गाउँपालिका वडानं -४ राराकाटिया सम्म जाने बाटाे अबरुद्ध भएको करिव दुई हप्ता भयाे नत जनप्रतिनिधिले चासाे दियका छन् नत वडा सरकार काे ध्यान दियो ।गाउँपालिका र वडा सरकारले सडक मर्मतमा चासो नदिदा साेहि गाउँपालिका नेकपा एमालेका गाउकमिटि सदस्य रवीन्द्र शाहि(रवि)ले आफ्नै सडक मर्मत गरेका हुन ।

सेरिघाट देखि भर्ता गाड हुदै सेल्फि डाडा देखि राराकाटिया सम्मको सडक दुई हप्ता अगाडि अभिरल बर्षाका कारण  बन्द थियाे।करिब दुई हप्ता पछि युवा नेता शाहिले ब्याक्तिगत लगानिमा सडक संञ्चालन गरेकाे बताए। उनले भने, जनप्रतिनिधि छन् तर जनप्रतिनिधिकाे भुमिका केही भएको छैन्। आफै सडक सफा गर्नुपर्याे गाउँपालिकाले वास्त नगरेको गरेन। स्थानीय तहले खनेका सडकहरु फराकिलो नहुदा समस्य हुने गरेकाे छ।