
ललित विष्ट कार्तीक १८, कालिकोट । कालिकोट– नेकपा एमालेका नेता एवंम् कालिकोट क्षेत्र नम्बर १ प्रदेससभा सदस्य उम्मेदवार कुर्मराज शाहीले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताएका छन् ।
कालिकोटको तिलागुफा नगरपालिकास्थित गाल्जेमा मतदातासँग आयोजित भेटघाट कार्यक्रममा नेता शाहीले विगतमा आफु मन्त्री हुदा सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताएका हुन्।
गत निर्वाचनमा नेकपा (एमाले)बाट चुनाव जितेर कर्र्णाली प्रदेसको सांसद हुदै मन्त्री भएका शाहीले आफु मन्त्री हुदा कालिकोटमा आएका विकास निर्माणका कामले गति लिन नसकेको बताए । शाहीले भने, ‘विकास योजनालाई निरन्तरता दिनु मेरो मुख्य उद्देश्य हो ।’
गत निर्वाचनमा जनताको हितमा काम गरेको कारण आफूले चुनाव जितेको भन्दै शाहीले यसपटक पनि जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे । ‘अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि कालिकोटमा बिकास नभएको बताउदै कांग्रेसको नेतृत्वमा विकास सम्भव नरहेको बताए,’ शाहीले भने ।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि शाहीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । तिहार अगाडि एक चरणको घरदैलो सकेका शाहीले शुक्रबार मात्रै पुनः घरदैलोलाई निरन्तरता दिएका छन्। शाहीले शुक्रबार तिलागुफा नगरपालिकामा घरदैलो गरेका थिए। कार्यक्रममा संैयौ कार्यक्रताहरुको सहभागिता रहेको थिययो।
नेता शाही संग निर्वाचन केन्दीत संम्वाद
दोस्रो कार्यकालको लागि तपाई किन फेरि चुनावी मैदानमा र मुख्य एजेण्डा के छन् ?
जिल्लाको समग्र विकासका लागि मेरो पहिलो कार्यकाल सफल रह्यो। मैले थालेका कामहरु अधुरा छन्। त्यो अधुरा कामहरु पूरा गर्नका लागि म फेरि दोस्रो पटक कालिकोट क्षेत्र नम्बर १ प्रदेससभा सदस्य उम्मेदवारी दिएको हुँ ।
तपाई चुनाव जित्ने आधार के छ ?
म सांसद हुदै मन्त्री भएर काम गरेको सवैले हेरिसकेका छन्। कालिकोटका नागरिककको हकहितका लागि मैले कति लडे भन्ने कुरा सवैलाई थाहा छ ? व्यक्तिगत स्वार्थमा नलागी नागरिकको लागि काम गरे । अधुरा काम पूरा गर्ने मौका पनि दिनुप¥यो । त्यसैले चुनाव जित्ने आधार मसंग छ । तिलानदिका ५ ठाउँमा पक्की पुल बनाउने छु। सेरिपान्तडी सडकको काम पनि सम्पन्न हुन्छ। गाउँमा शिक्षा ,स्वास्थ्य, खानेपानी लगाएतका क्षेत्रमा सुधार गछु।
रुष्ट मतदातालाई कसरी समेट्नु हुन्छ ?
विगतमा पनि मैले समेटेर लगिसकेको हुनाले मलाई खासै समस्या छैन। सवैसंग समन्वय गरेर जिल्लाको विकासका लागि,क्षेत्र नम्बर १ का जनताको हकहितका माक गछु । पहिले ध्यान नपुगेको काममा ध्यान दिदै जाने छु ।
चुनावी प्रचार शैलीमा विगतभन्दा के परिवर्तन छ ?
निर्वाचनमा पहिले भन्दा परिवर्तन त भै हाल्छ पहिले गाउँमा बुढापाकाहरुसंग कुरा गरेर भोट माग्न सकिन्थ्यो। अहिले भने प्रचाकोलागि जनतालाई बुझाउनु पर्ने अवस्था छ। नागरिकलाई थाहाँ छ कस्ले के काम ग¥यो भनेर ।
प्रचार शैली कत्तिको खर्चिलो बन्दै गईरहेको छ ?
खासै खर्चिलो छैन्। भोट माग्न पनि पैसा र्खच गनु भनेको पछि गएर बिकासमा भष्टचार गनुनै हो। त्यसैले खर्चिलो छैन्।
आफ्नो विजयप्रति कति विश्वस्त हुनुहुन्छ ?
म पूर्ण विश्वस्त छु ।मतदाताले मलाई विजयी बनाउने छन्। सवैसंग छलफल,समन्वय भइरहेको छ । त्यसैले म आफ्नो विजयप्रति पूर्ण विश्वस्त छु । विगतको मेरो कामलाई हेरेर मलाई जिताउनेछन् भन्नेमा म विश्वस्त छु ।जनताले मलाई सरल स्वभावको नेता भनेर भन्दै आएका छन्।
ललित विष्ट र नेकपा एमालेका नेता एवंम् कालिकोट क्षेत्र नम्बर १का प्रदेससभा सदस्य उम्मेदवार कुर्मराज शाही संगको कुरा कानी ।।



karnalipress
१९ कार्तिक २०७९, शनिबार ०७:२८