राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यमा कालिकोटका मिनराज शाही मनोनित

खडानन्द अधिकारी च‌ैत्र ३०,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्टिय युवा संघको केन्द्रिय सदस्य मिनराज शाही मनोनित भएका छन । कालिकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नं ४ निवासि मिनराज शाही केन्द्रिय सदस्यमा भएका हुन । नेपालगंजको बाँकेमा भएको राष्ट्रिय युवा संघको ९ औं महाधिबेशनले शाहीलाई सो पदमा चएन गरेको हो ।

बिगत लामो समय देखि नेकपा एमालोमा रही विभिन्न तवरबाट साथ सहयोग तथा हौषला र पार्टीको निति विधानमा रही पार्टीको हितका लागि काम गरेका शाहीलाई यस पटक राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यमा मनोनित गरिएको हो ।

पार्टीलार्ई बिजय गराउन अर्थात पार्टिलाइ बलियो बनाउन बिभिन्न आन्दोलन तथा पार्टीका अन्य कार्यमा शाही सकय हुदै आएका थिए । आगामी दिनमा पनी पार्टीको हितमा काम गरेर ,पार्टी तथा संगठनलाई बलियो बनाउन लागी पर्ने मिनराज शाहीले बताएका छन् ।

कालिकोट जिल्लाको बिकट बस्ती शुभकालिका गाउँपालिका साबिक सुकाटिया गाबिस वडा नं १ ठानामा जन्मेका शाहीले हाल समाज सेवा गर्दै आएका छन । विकास निर्माणका कामदेखि समाजिक क्रियाकलापमा शाही सक्रिय छन् ।