
कालीकोट। कालीकोट जिल्ला कोरोना मुक्त भएको छ । पछिल्लो समय लगातार एक महिना सम्म कोरोनाका बिरामी कोही पनि नभेटिएपछि कालीकोट कोरोना सङ्क्रमण मुक्त जिल्ला भएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटको तथ्यांकमा कार्तिक दुई गते देखि हाल सम्म जिल्लामा कुनै पनि सङ्क्रमित नभएको उल्लेख छ ।
असोज ३१ गते सम्म एक जना सक्रिय सङ्क्रमित रहेको र उहाँ निको भएर घर गए पश्चात कुनै पनि ब्यक्तिमा कोरोना सङ्क्रमण पुस्टी नभएको उल्लेख गरिएको छ । कार्तिक दुई गते देखि मङ्सिर २ गते सम्मको तथ्यांकमा कुनै पनि कोरोनाको बिरामी कोरोना अस्पताल तथा होम आईसोलेसनमा छैनन । दैनिक रुपमा कोही ब्यक्ति कोरोना अस्पतालमा आएपनि उनिहरुमा कुनै लक्षण नभेटिएका कारणले परिक्षण पनि नहुने गरेको कार्यालयको भनाई छ ।
कालीकोटमा हाल सम्म कोरोना सङ्क्रण्म भने दुई हजार २१९ जना देखिएको थियो । पिसिआर बिधिवाट ५७४ जना र एन्टीजेन परिक्षणवाट एक हजार ६४५ जना गरी जम्म दुई हजार २१९ जनामा सङ्क्रमण पुस्टी भएको थियो । सङ्क्रमीत मध्य तीन जना महिला र चार जना पुरुष गरी जम्मा सात जनाको कोरोनाका कारण मृत्यु भएको छ । वाँकी दुई हजार २१२ जना निको भएर घर गएका छन । यस्तै जिल्लामा कोरोना बिरुद्धको खोप ३३ हजार भन्दा वढिले लगाएका छन । हाल सम्म जिल्ला भर ३३ हजार ९९४ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।
कार्यालयका निमित्त ब्यवस्थापक डाक्टर रत्नविर सुनारले पहिलो मात्रा ३३ हजार ९९४ जनाले लगाएको वताउनुभयो । प्रमुख सुनारले दुवै मात्र लगाउनेको संख्या २३ हजार २७४ जना पुगेको वताउनुभयो । जिल्लाको खाँडाचक्र नगरपालिकाले भने ४० वर्ष माथिका सबै र कक्षा १२ मा पढ्ने सबैलाई खोप दिएको छ । अन्य स्थानीय तहमा भने तोकिएको उमेर समुहका ब्यक्तिले मात्र कोरोना बिरुद्धको खोप पाएका छन ।



karnalipress
४ मंसिर २०७८, शनिबार १९:११