
कालिकोट । कर्णालीमा नयाँ नयाँ पर्यटकीय स्थलहरुको खोजी गर्दै हिडेकी सिर्जना सिज्जु सम्मानित भएकी छन् ।सिर्जना सिज्जुले पर्यटकीय सम्भाव्यता बोकेको कर्णाली प्रदेशका विविध स्थलहरुको खोज तथा अनुसन्धान कार्यमा संलग्न रहेर कर्णालीका पर्यटकीय स्थलहरुलाई भिडियो भ्लक मार्फत समेट्दै नेपालको आन्तरिक पर्यटन प्रबद्र्धनमा योगदान पु¥याएका कारण सम्मान गरेको आयोजक सस्था टुरिजम रिसर्च एण्ड ट्रेनिङ्ग इन्स्टिच्यूटले जनाएको छ ।
आयोजक सस्था टुरिजम रिसर्च एण्ड ट्रेनिङ्ग इन्स्टिच्यूटले ११ हजार नगद सहित सम्मान गरको हो ।आफुलाई सम्मानित गरेकोमा आयोजक सस्था टुरिजम रिसर्च एण्ड ट्रेनिङ्ग इन्स्टिच्यूटलाई सिर्जना सिज्जुले धन्यावाद दिइन् ।
आफ्नो जीवनको यो पहिलो सम्मान भएकोले आफुलाई यसले काम गर्नमा झन् हौसला मिलेको उनले बताइन् । ‘म काम गर्दै हिड्ने मान्छे हो म सम्मान नै पाउला भनेर मैले यो काम रोजेकी पनि थिइन तर काम गर्दै गए पछि जीवनमा मिठो पल पनि आउने रहेछ,’ ‘सिर्जना सिज्जुले भनिन् , ‘लुकेर रहेका कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको प्रचार गर्ने मेरो मेरो प्रयास जारी रहनेछ,।’सिर्जना सिज्जु केहि बर्ष यता कर्णाली प्रदेशमा रहेका नयाँ नयाँ पर्यटकीय गन्तव्य खोज्दै हिडिरहेकी छन् ।



karnalipress
३१ भाद्र २०७९, शुक्रबार १९:२५